अदालतले नगरे आन्दोलन र विद्रोहले संसद पुनर्स्थापना गर्छ – भुसाल

खबरपथ संवाददाता
१२ पुष २०७७, आईतवार २०:४८

बुटवल। नेकपाका नेता घनश्याम भुसालले प्रतिनिधिसभा तत्काल पुनर्स्थापना हुनुपर्ने धारणा राखेका छन । भुसालले प्रतिनिधिसभा पुनर्स्थापना भए अहिलेको पार्टी बिभाजन रोकिने दाबि गरेका छन् । प्रचण्ड–माधव समूहका नेता समेत रहेका भुसालले संसद पुनर्स्थापना भए नेकपा एक ठांउमा आउने दाबि गरे ।

भुसालले प्रतिनिधिसभा विघटनको निर्णय संविधान, परम्परा र जनचाहना विपरित भएकाले पुनर्स्थापनाको विकल्प नभएको उनको दाबि छ ।

भुसालले विश्वका कुनै पनि सभ्य मुलुकमा जनताको चाहना विपरित गरिएको संसद विघटनलाई अदालतले सदर नगरेको बताए । उनले भने अदालतले नगरे जनताको आन्दोलन र विद्रोहले संसद पुनर्स्थापना गरेरै छाडने बताए ।’

प्रचण्ड–माधव समूहले रुपन्देहीको तिलोत्तमा टुलिप होटलमा गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले भने–‘अहिले ओली समूहमा लागेका मध्ये एकजना पनि ओलीले ठीक गरे भनेर होइन्  ब्याक्तिगत कारणले हो, गएका मध्येबाट ओलीले  ठीक गरे भन्ने एकजना मलाई देखाइदिनुस् ।’

संसद विघटनको  निर्णयले नेपाली जनताले ५० वर्षदेखि चाहेको समृद्धिको आकांक्षा तुहाएको र अस्थिरतालाई बल पुगेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*