संसद विघटनविरुद्ध देशभर कांग्रेसको प्रदर्शन

खबरपथ संवाददाता
१३ पुष २०७७, सोमबार १४:४९

काठमाडौं । प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेसले संसद विघटनको विरोधमा प्रदर्शन गरेको छ । सोमवार संसद विघटन गरेको विरोधमा कांग्रेसले देशभरका १६५ वटा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा सम्बन्धित निर्वाचन क्षेत्रका नेताहरुले सम्बोधन गरेका छन् । कांग्रेसका अध्यक्ष शेरबहादुर देउवाले भक्तपुरमा गरिने विरोध कार्यक्रमलाई सम्बोधन गरेका छन् ।

कांग्रेसले ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक र अलोकतान्त्रिक कदम भएको भन्दै विरोध जनाउँदै आएको छ ।

सोमबार हुने विरोध सभामा वरिष्ठ नेता रामचन्द्र पौडेलले गृहजिल्ला तनहुँमा सम्बोधन गरेका छन् भने पूर्वमहामन्त्री प्रकाशमान सिंहले काठमााडौं क्षेत्र नम्बर १ मा सम्बोधन गरेका छन् ।

यस्तै गगन थापाले नेपालगञ्जमा हुने विरोध कार्यक्रममा सम्बोधन गरेका छन् । यस्तै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वरमा हुने सभामा सम्बोधन गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*