प्रतिनिधी सभाको बिघटन असंबैधानिक र अलोकतान्त्रिक – बालकृष्ण खाँड

खबरपथ संवाददाता
१४ पुष २०७७, मंगलवार १५:५७

बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाणले ओली सरकारले गरेको प्रतिनिधी सभाको बिघटन असंबैधानिक र अलोकतान्त्रिक भएको बताउनुभयो । उहाँले संविधानमा २ वर्षसम्म अविशवासको प्रस्ताव सम्म गर्न नपाइने व्यबस्था गरिएको छ । ‘उहाँले भन्नुभयो–‘बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न पाउँदैन ।’

प्रेस युनियन रुपन्देहीको आयोजनामा गरिएको पत्रकार सम्मेलनमा विघटित प्रतिनीधि सभा नेपाली काँग्रेसका प्रमुख सचेतक खाणले केपी ओलीको सरकारले सुरुबाट नै निरन्तर रुपमा संविधानका बर्खिलापको काम गर्दै आएको बताउनुभयो । उहाँले ओली सरकारले जनताको मौलिक अधिकार प्रेस स्वतन्त्रता माथी पनि प्रहार गरेको बताउनुभयो ।

खाँणले ट्रयाक बाहिर गएको राजनीतिलाई मूलधारमा ल्याउने कामको नेतृत्व अब काँग्रेसले गर्ने बताउनु भएको छ । संविधान निर्माणमा नेतृत्व गरेको काँग्रेसले त्यसको संरक्षण र संस्थागत गर्ने कामको समेत नेतृत्व अब काँग्रेसले नै गर्ने दावी गर्दै उहाँले दुई तिहाई बहुमत प्राप्त कम्युनिष्ट सरकारले राष्ट्रिय राजनीतिलाई ट्रयाक बाहिर लगेको बताउनु भयो ।
पत्रकारहरुको जिज्ञासामा नेता खाँणले भन्नुभयो–‘यो वा त्यो पक्ष भन्ने हुँदैन, सबैसग छलफल हुन्छ, कुनैपनि परिस्थितीमा काँग्रेसले संवादको ढोका बन्द गर्दैन ।’ नेता खाँणले राष्ट्रपति कार्यालय प्रधानमन्त्री कार्यालयको हल्कारा बनेको बताउँदै संविधानमा हुँदै नभएको व्यबस्थाको प्रयोग गरेर संसद विघटन प्रस्ताव स्वीकृत गरेर राष्ट्रपति कार्यालय समेत विवादमा आउने काम गरेको टिप्पणी गर्नुभयो ।

उहाँले बैशाख १७ र २७ मा दुई चरणमा निर्वाचन गर्ने भनिए पनि निर्वाचनको चाहना प्रधानमन्त्रीलाई नभएको बताउँदै कोरोना भाईरसको महामारीलाई देखाएर मुलुकलाई संकटकाल लगाउन सक्ने सम्मको उहाँले विश्लेषण गर्नुभयो । यसले मुलुकमा प्रतिगमनको खतरा बढेको औंल्याउँदै त्यसलाई कसरी रोक्न सकिन्छ काँग्रेसको ध्यान त्यतातिर रहेको जानकारी गराउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*