शान्ति समाज रुपन्देहीको सभापतिमा पुनः खनाल

खबरपथ संवाददाता
१८ पुष २०७७, शनिबार १८:०४

बुटवल । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको ११औँ अबिधेशनले पुनः डिपी खनालको सभापतित्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । उपसभापतिमा खिमलाल (कृष्ण) भट्टराइ,सचिवमा कपिल ज्ञवाली,सहसचिबमा कृष्ण पाण्डे,कोषाध्यक्षमा धनकुमारी खनाल चयन भएका छन् ।

त्यस्तैगरी समाजको सदस्यहरुमा अर्जुन कुँवर,कमला पाण्डे (अधिकारी),जमुना पौडेल,बिजु पौडेल,सिता भट्टराइ,लिलाधर लुइटेल,लक्ष्मी घिमिरे, बिष्णु थापा,मेघराज भट्टराइ र फूलु सुनार चयन भएका छन् ।

बुटवलमा शनिबार भएको अधिबेशनले दुइ बर्षे कार्यकालका लागि नेतृत्व चयन गरेको निर्वाचन समितिका संयोजक हरिष ढकालले जानकारी दिए ।

यसअघि आयोजित खुल्लासत्रमा बोल्दै मानव अधिकारबादी नेता कृष्ण पहाडीले प्रधानमन्त्री केपी ओलीले गरेको सनकको भरमा संसद भंग गरेको बताएका थिए । उनले संसद पुर्नस्थापना नगरिए संविधान फेल गराउने षडयन्त्र हुने चेताबनी दिए ।

ओलीले संबैधानिक कू गर्नु भएको छ भन्दै नेता पहाडीले न्यायालयमा विचाराधिन अवस्थामा रहेको संसद विघटनको मुद्दा पुर्नस्थापना पनि नहुने र बैशाखमा चुनाव पनि हुनै नसक्ने भएपछि बर्तमान कामचलाउ सरकार पनि अबैध हुने धारणा बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*